शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं महानगरमा मतगणना कार्य निकै सुस्त, अहिले भइरहेको दरमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने

काठमाडौं महानगरमा मतगणना कार्य निकै सुस्त, अहिले भइरहेको दरमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने

 

काठमाडौं । काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ ।

यो हिसावले एक घण्टामा २ सय २८ वटा मत गणना भएको देखिन्छ । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार मत खसेको छ । अहिले भइरहेको दरमा मत गणना हुने हो भने खसेको कुल मत गन्न ८ सय ३५ घण्टा लाग्ने देखिन्छ, यो भनेको झन्डै ३४ दिनको समय हो ।

कूल ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा ६३ प्रतिशत मत खसेको थियो । अघिल्लो निर्वाचन २०७४ सालमा यो महानगरको मतगणना सम्पन्न गर्न २ साता लागेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend