logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी

    दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी

    3.3K
    Shares

    लमजुङ । दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनाअनुसार उनले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा एमालेका तेजबहादुर गुरुङलाई पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् ।

    निर्वाचन अधिकृत रामप्रसाद आचार्यका अनुसार विजयी गुरुङले तीन हजार ६५ मत प्राप्त गरेका छन् भने, उनको निकटम प्रतिद्वन्द्वी एमालेका गुरुङले दुई हजार २४ मत प्राप्त गरे । त्यस्तै, उपाध्यक्षमा गठबन्धनकै माओवादीका क्षेत्रबहादुर गुरुङ विजयी भएका छन् । उनले दुई हजार ५६८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका कृष्णमाया गुरुङले एक हजार ७७४ मत प्राप्त गर्दै पराजित हुन पर्येा ।

    त्यस्तै, पालिकामा छ वडा रहेकोमध्ये गठबन्धनले चार जितेको छ । त्यस्तै, एक वडा एमाले र एक वडामा स्वतन्त्र विजयी भएको छ । वडा नं ६ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा कांग्रेसका मनिष गुरुङले कूल ७०४ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका धनप्रसाद गुरुङले ६११ मत प्राप्त गरे । त्यस्तै, वडा नं ५ को वडाध्यक्षमा नेकपा एमालेका दलबहादुर गुरुङले ४०८ मत प्राप्त गर्दै विजयी भए । उनका गठबन्धनतर्फबाट कांग्रेसका नरबहादुर गुरुङले १४३ मत मात्र प्राप्त गरको ने दूधपोखरी निर्वाचन अधिकृत आचार्यले बताए । उनका अनुसार वडा नंं ४ मा कांग्रेसकै ओमबहादुर गुरुङले ४३४ मतका साथ विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका उत्तम गुरुङले २४० मत प्राप्त गर्दै वडाध्यक्षमा पराजित हुन पुगे । त्यस्तै, वडा नं ३ मा स्वतन्त्र उम्मेदावर श्याम गुरुङले चार मतान्तरले विजयी भए ।

    उनले २२८ मत प्राप्त गरेका थिए भने उनका निकटम प्रतिद्वन्द्वी माओवादीका औताराम तामाङले २२४ मत प्राप्त गरेको उक्त निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

    त्यस्तै, वडा नं २ मा माओवादीका अमर गुरुङ ६६८ प्राप्त गर्दै विजयी हुन सफल भएको छ । उनका प्रतिद्वन्द्वी एमालेका धर्मदन्त दवाडीले २६९ मत प्राप्त गरे । त्यस्तै, वडा नं १ मा कांग्रेसकै दुर्गामान गुरुङले ४८१ मतले विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेका गजबहादुर गुरुङले ४२६ मत मात्र प्राप्त गरे ।

    यसअघिको निर्वाचनमा समेत कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो । यस गाउँपालिकामा आठ हजार ८८८ कूल मतदाता रहेकोमा पाँच हजार ७२६ मत खसेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend