काठमाडौं । काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा काठमाडौँ महानगरको मतगणना भइरहेको छ । काठमाडौ महानगरको मेयरका ५५ प्रत्यासीमध्ये प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बनाइरहेका छन् ।
साहले अग्रता कायम गरेसँगै उनका समर्थक दिनहुँ राष्ट्रिय सभा परिसरमा भेला भएर दैनिक नाराबाजी र हुटिङ गर्ने गरेका छन् । त्यसक्रममा बालेन समर्थकहरुले ‘बालेनको चस्मा भ्रष्टाचारी भष्म’ भन्ने नारा समेत लगाउने गरेका छन् ।