
कैलाली । नेकपा एमालेका सचिव लेखराज भट्ट स्थानीय तह निर्वाचनमा आफ्नै वडामा जिताउन असफल भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले जितेको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर एक अहिले काँग्रेसले जितेको छ ।
यस निर्वाचनमा लेखराज निवास गोदावरी एक वडा अध्यक्षमा काँग्रेसका गोपालदत्त भट्टले जितेका छन्। गोपालदत्तले १४७८ मत ल्याएर विजयी हुँदा एमालेबाट उठेका शर्मानन्द भट्टले १३९१ मत ल्याएर पराजित भएका छन्।
शर्मानन्द लेखराजका सहोदर भतिजा हुन्। यसअघि लेखराजका स्वकीय सचिव भएका दिनेश शाह माओवादीबाट वडा अध्यक्ष उठेका थिए। उनले ४४८ मत ल्याएर पराजित भएका छन्। माओवादी मत विभाजित हुँदा वडा अध्यक्ष काँग्रेसले जितेको हो।
यसअघि निर्वाचनमा गोदावरी वडा नम्बर एक अध्यक्षमा माओवादीका उनै शर्मानन्द जितेका थिए। जुन पालिकाभरी नै माओवादीले जितेको त्यहीँ वडा अध्यक्ष मात्रै हो। लेखराज एमाले प्रवेश गरेसँगै आफ्नै वडा अध्यक्ष जिताउन उनी असफल भएका छन्।
माओवादीले पनि यसअघि निर्वाचनमा जिताएको वडा अध्यक्ष गुमाएको छ। लेखराजको क्षेत्र नम्बर ४ भित्र पर्ने गोदावरी काँग्रेसले गौरीगंगा नगरपालिकामा माओवादीले अग्रता लिएको छ। चुरे गाउँपालिकामा भने एमालेले जितेको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend