आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं महानगरपालिकामा बालेन र सुनिताले अग्रता बढाउँदै

काठमाडौं महानगरपालिकामा बालेन र सुनिताले अग्रता बढाउँदै

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार रहका बालेन साहले अग्रता कायम राखेका छन् । १५ हजार ९ सय ८३ मत गणना गर्दा साहले ६ हजार १९४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार २ सय २५ र गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २ हजार ८ सय ५४ मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपमेयरमा नेकपा एमालेबाट उम्मेदवार सुनिता डंगोलले ६ हजार ३४६ मत प्राप्त गर्दै अग्र स्थानमा छिन् भने गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ७८४ मत प्राप्त गर्नुभएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend