आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायम

काठमाडौं महानगरमा बालेन साहको अग्रता कायम

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । साहले ७३३९ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८६२ मत ल्याएर दोस्रो स्थानमा छन् ।

नेपाली कांग्रेसको सिर्जना सिंहले ३३५८ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५२१ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले २८१ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६३४६ मत प्राप्त गरेकी छिन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १६९० मत ल्याएका छन् । राप्रपाकी बिनिता मगैयाले १३४५ मत ल्याएकी छिन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend