काठमाडौं । विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाएका छन् ।
पछिल्लो मत परिणाम अनुसार कोइरालाले हालसम्ममा ७ हजार ५९१ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ५ हजार ८२४मत ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ५४४ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ६ हजार ६३३ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार २३७ मत पाएका छन् ।
राप्रपाकी विन्दा कुमारी लुइँटेल आचार्यले १ हजार ८०७ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ४८६ मत प्राप्त गरेकी छिन् ।