आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

धनगढीमा हमालको अग्रता कायमै, उपमेयरमा माओवादी अगाडी

धनगढीमा हमालको अग्रता कायमै, उपमेयरमा माओवादी अगाडी

 

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता फराकिलो बनाउँदै लगेका छन् । उनले ६ हजार ८४१ मत पाएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ३ हजार ५५४ र नेकपा एमालेका रणबहादुर चन्दले १ हजार ८०७ मत पाएका छन् ।

हमाल र वडबीच ३ हजार २८७ मतको अन्तर छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ मतका साथ लिड गरिरहेकी छिन् । एमालेकी कन्दकला रानाले ३ हजार ४९ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार ६८६ मत पाएका छन्। उपमेयरमा ६ हजार २९२ मत बदर भएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend