सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गठबन्धनलाई पराजित गर्दै पर्सागढीको मेयर र उपमेयरमा एमाले दोब्बर मतले विजयी

गठबन्धनलाई पराजित गर्दै पर्सागढीको मेयर र उपमेयरमा एमाले दोब्बर मतले विजयी

 

काठमाडौं । पर्साको पर्सागढी नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एमालेले जितेको छ । मेयरमा गोकर्ण पाठक र उपमेयरमा पूजा चौधरी निर्वाचित भएका हुन् ।

मेयरमा निर्वाचित पाठकले ६ हजार ६२४ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लोकनारायण यादवले ३ हजार ७३३ मत ल्याएर दोस्रो भए ।

उपमेयरमा निर्वाचित चौधरीले ७ हजार ६१६ मत ल्याएर निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसकी अर्चना चौधरीले ३ हजार ४३० मत ल्याएर दोस्रो भइन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend