शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौं प्रशासनले भन्यो– सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउनु

काठमाडौं प्रशासनले भन्यो– सार्वजनिक बिदाको दिन सरकारी सवारी नचलाउनु

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको साहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले जानकारी दिए ।

‘अब अत्यवश्यक भए जिप्रकाबाट पास जारी हुन्छ नभए सरकारी नम्बर प्लेटको गाडी चलाउन पाइन्न,’ पौडेलले भने, ‘पास नलिई र अत्यावश्यक बाहेक सवारी चलाए जफत गर्न ट्राफिक प्रहरीलाई निर्देशन भएको छ ।’

इन्धन खपत कम गर्ने भन्दै सरकारले १ जेठदेखि लागू हुने गरी आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend