logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • सरकारले दियो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद

    सरकारले दियो स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद

    2.7K
    Shares

    काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचन २०७९ मा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो ।

    आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतिपूर्ण रहेको बताए ।

    निर्वाचनको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतिपूर्ण रहेकोले यसमा सहजता दिन सहयोग पुर्याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनु भएको सहसचिव पोखरेलले जानकारी दिए । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाईते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना एवं मृत्यु भएकाहरुप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएकोे सहसचिव पोखरेलले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend