शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गगन थापाको वडामा कांग्रेसका उम्मेदवार भारी मतले विजयी

गगन थापाको वडामा कांग्रेसका उम्मेदवार भारी मतले विजयी

काठमाडौं । नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका – ३० बाट खाता खोलेको छ। महामन्त्री गगन थापाको गृह वडा समेत रहेको काठमाडौंको ३० मा काँग्रेस निर्वाचित भएको हो । थापाले काठमाडौंको वडा नम्बर ३० को मैतिदेवी मन्दिरमा रहेको मतदानस्थलबाट भोट हालेका थिए ।

उक्त वडामा काँग्रेसका दलबहादुर कार्की २०६१ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्। थापाले मतदान गरेको वडामा काँग्रेसका कार्की ११४५ मतान्तरले विजयी भएका हुन्।

यसअघि काठमाडौंका वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो। अहिले ६, ७, ८, २७, २८, २९, ३१ र ३२ वडामा मत जारी छ । काठमाडौंमा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको भारी अग्रता छ । एमालेका केशव स्थापित र काँग्रेसकी सिर्जना सिंह दोब्बर मतले पछाडि छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend