शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

२८ हजार मत कटाए बालेनले, वार्ड नम्वर ३२ मा एमाले विजयी

२८ हजार मत कटाए बालेनले, वार्ड नम्वर ३२ मा एमाले विजयी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार ५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ । यसैगरी काठमाडौं महानगरपालिका–३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।

पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend