शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

काठमाडौंमा बालेनको फराकिलो अग्रता, स्थापित र सिंहबीच टक्कर

काठमाडौंमा बालेनको फराकिलो अग्रता, स्थापित र सिंहबीच टक्कर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो फराकिलो अग्रतालाई कायमै राखेका छन् ।

निर्वाचन आयोगको पछिल्लो मत परिणाम अनुसार ८२ हजार ९२१ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार शाहले  ३१ हजार ४५९ मत प्राप्त गरेका छन् । जुन दोस्रो स्थानमा पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापितको भन्दा झण्डै १५ हजार मत बढी हो । स्थापितले हालसम्म १६ हजार ६९१ मत पाएका छन् ।

त्यस्तै, सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १६ हजार ४८२ मत प्राप्त गरेकी छन्। अहिलेसम्म १, २, ३, ४, ५, ६, २८, २९, ३० र ३२ गरी दश वडाको मतगणना सम्पन्न भएको छ । यीमध्ये १, २, ३, ४, ५ र ३२ नम्बर गरी ६ वटा वडा अध्यक्षमा एमाले र बाँकी वडामा कांग्रेस विजयी भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend