सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

धनगढी उपमहानगरमा गठबन्धनको लजास्पद हार, स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

धनगढी उपमहानगरमा गठबन्धनको लजास्पद हार, स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी

कैलाली । धनगढी उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमालले गठबन्धनका तर्फबाट उम्मेदवार भएका नृपबहादुर वडलाई पराजित गरेका हुन् । हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाएका छन् ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।

मतगणना सकिएको छ । ६३४८४ मत खसेकोमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल २६४४३ मत ल्याइ विजयी भए । कांग्रेसका नृप वडले १४१४६ मत ल्याए भने एमालेका रणबहादुर चन्दले ९३०३ मत ल्याएका थिए ।

आधिकारिक घोषणा केही समयपछि गरिने बताइएको छ ।

 

 

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend