सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

पराजयपछि नृप वडले भने– आफ्नै पार्टीको असहयोगले हारे

पराजयपछि नृप वडले भने– आफ्नै पार्टीको असहयोगले हारे

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएपछि सत्तारूढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय भोग्न परेको बताएका छन् ।

नवनिर्वाचित मेयर गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै पार्टीको चुनाव चिन्ह लिएपनि स्वतन्त्र रूपमा प्रतिस्पर्धा गरेको उल्लेख गरे ।

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो । मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ वडले भने, ‘नवनिर्वाचित मेयरलाई मेरो पूर्ण सहयोग रहनेछ । मेरो कार्यकालमा गरिएका राम्रा कामलाई निरन्तर दिनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

वडले उपमहानगरपालिका पुगेर नवनिर्वाचित मेयर हमाललाई बधाई तथा शुभकामना दिएका थिए । २०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी भएका वड यसपटक भने गठबन्धन गर्दा समेत स्वतन्त्र उम्मेदवार हमालसँग झण्डै दोब्बर मतले पराजित भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend