आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सिरहामा बाबु–छोराको हत्या

सिरहामा बाबु–छोराको हत्या

जनकपुरधाम । सिरहामा बाबु–छोराको हत्या भएको छ । अर्नमा गाउँपालिका–१, महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको हत्या गरिएको हो ।

दुवैजनाको शनिबार राति हत्या भएको सिरहाका प्रहरी उपरीक्षक सुवास ढकालले जानकारी दिए । उनका अनुसार धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । घटनामा संलग्नको पहिचान भएको छैन ।

दुवैजनाको शव पोस्टमार्टमका लागि पठाइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend