सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

उद्घाटन गर्न नबोलाउन धनगढीका मेयर गोपाल हमालको नगरवासीलाई अपिल

उद्घाटन गर्न नबोलाउन धनगढीका मेयर गोपाल हमालको नगरवासीलाई अपिल

धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले आफूलाई ‘उद्घाटन कार्यक्रम’मा नबोलाउन नगरवासीलाई आग्रह गरेका छन् ।

मेयरमा निर्वाचित भइ आज सोमबार शपथग्रहण गरेलगत्तै हमालले अतिआवश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान आदि कार्यक्रममा नअल्झाउन आग्रह गरेका हुन् ।

‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा, सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु’, हमालले भनेका छन्, ‘यहाँहरूको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पु¥याइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउनेछु ।’

स्थानीय तहको चुनावबाट हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले आजै पदभार ग्रहण गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend