आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

सरकारको नीति तथा कार्यक्रम आज

सरकारको नीति तथा कार्यक्रम आज

sf7df8f}F, @ h]7M/fi6«klt e08f/Laf6 gLlt tyf sfo{qmd k|:t'tsf /fi6«klt ljBfb]jL e08f/L z'qmaf/ ;+;bsf] ;+o'Qm a}7sdf ;/sf/sf] cfj @)&&÷)&* sf] gLlt tyf sfo{qmd k|:t't ub}{ . t:jL/M /Tg >]i7÷ /f;;

काठमाडौं । सरकारले आज आगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार राष्ट्रपतिद्वारा नेपाल सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रमसहित संयुक्त सदनलाई सम्बोधन हुनेछ । नेपालको संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

सोही नीति तथा कार्यक्रमका आधारमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने छ। जेठ ३ गते सुरु भएको संसद्को बजेट अधिवेशनमा आगामी बजेटको सैद्धान्तिक छलफल भइसकेको छ। सो छलफलपछि मात्र राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend