आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थी आन्दोलित

चाबहिलको सेन्ट लरेन्स कलेजका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोप, विद्यार्थी आन्दोलित

काठमाडौं । सेन्ट लरेन्स कलेज, चाबहिलमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलन भएका छन् ।

सोही कलेजका कोर्डिनेटर जनार्दन अधिकारीले कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । आन्दोलित विद्यार्थीहरू अधिकारीलाई कार्बाही माग गर्दै कलेज परिसरमा नारा लगाइरहेका छन् ।

आफ्नो इच्छा पूरा गरिदिए कलेजको शुल्कदेखि अरु कुराहरू छुट गराइदिने भन्दै ११ कक्षाकी छात्रालाई अधिकारीले यौन दुर्व्यवहार गरेको आरोप छ ।

आन्दोलित विद्यार्थीहरुले तत्काल नियन्त्रणमा लिएर कडा कारवाहीको माग गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend