
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको मत ५० हजार कटेको छ। उनले अहिले नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा १८ हजार ९५३ मतले अग्रता बनाइरहेका छन्।
बालेनले ५० हजार ४९२ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३१ हजार ५३९ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका केशव स्थापित अहिले तेस्रो स्थानमा रहँदै ३० हजार ८९१ मत प्राप्त गरेका छन्।
काठमाडौंको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend