काठमाडौं । सरकारले हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख गरिएको छ ।
यस्तै पाल्पाको सिद्धबाबामा सुरुङमार्ग निर्माण गरिने, सिंहदरबारलाई गुरुयोजना अनुसार आकर्षक बनाईने पनि उल्लेख गरिउको छ ।