logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नीति तथा कार्यक्रम : उद्योगलाई सस्तोमा बिद्युत दिने

    नीति तथा कार्यक्रम : उद्योगलाई सस्तोमा बिद्युत दिने

    2.4K
    Shares

    काठमाडौं । सरकारले उत्पादनमूलक र निर्यातमूलक उद्योगलाई सस्तोमा बिजुली दिने घोषणा गरेको छ । सरकारले औसत बाह्य ऊर्जा व्यापार दरभन्दा बढी नहुने गरी विद्युतमा सहुलियत उपलब्ध गराउने घोषणा गरेको हो ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९÷८०को नीति तथा कार्यक्रममा भारतमा बेच्दा प्राप्त हुने औसत दरभन्दा कम महसुल दरमा उद्योगलाई नेपालमै बिजुली उपलब्ध गराउने घोषणा गरिएको छ ।

    आधारभूत र जीवनरक्षक औषधी, खोप तथा औषधीजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    नेपाली औषधि उत्पादकहरूको उत्पादन क्षमता वृद्धि गरी औषधिको आपूर्तिमा सुधार गरिने भएको छ ।
    निर्यात हुने र आयात प्रतिस्थापन हुने प्रतिस्पर्धी वस्तुको उत्पादन लागत घटाई निर्यात प्रवद्र्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend