logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन: अध्यक्ष ओली

    स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन: अध्यक्ष ओली

    5.7K
    Shares
    स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन: अध्यक्ष ओली

     

    काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन् ।

    उनले एमालेले ठुलो घेराबन्दी र प्रतिकुलताका बिचमा निर्वाचनमा सामेल हुनुपरेको भन्दै उनले आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । अध्यक्ष ओलीको सम्बोधन बारे जानकारी दिदैँ प्रमुख सचेतक भट्टराईले भने – ‘हाम्रा पार्टीका अध्यक्षले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणामको बारेमा संक्षिप्त विश्लेषण गर्दै धेरै ठुलो घेराबन्दी र प्रतिकुलताका बिचमा नेकपा(एमाले) ले जुन परिणाम प्राप्त गरेको छ । त्यो सन्तोषजनक नभएपनि त्यसले नेकपा(एमाले)लाई थप सुसंगठित भएर, सुव्यवस्थित भएर, सुविचारित भएर आगामी दिनमा थप निर्वाचनका लागि तयारी गर्नुपर्छ भन्ने निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।’

    ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको बास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गर्नुभएको प्रमुख सचेतक भट्टराईले बताए । नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दापनि कार्यक्रममा आधारित भएको ओलीको विश्लेषण छ । प्रमुख सचेतक भट्टराईले भने – ‘हाम्रो सांसदहरुलाई हाम्रो पार्टीको तर्फबाट व्यवस्थित तरिकाले, तर्कयुक्त तरिकाले, वस्तुसम्मत् तरिकाले, त्यसको चिरफार गरेर संसदमा प्रस्तुत हुन पनि उहाँले आग्रह गर्नुभयो । हाम्रो प्रस्तुतीहरु अध्ययनशील हुनुप¥यो । बौद्धिक हुनुप¥यो । खण्डन तर्कयुक्त हुनुप¥यो । सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम मुलुकको अहिले बास्तविकतालाई सम्बोधन गर्न सक्ने र मुलुकको बास्तविक चित्र प्रस्तुत गर्ने भन्दापनि ज्यादा सतही भएको र त्यो नीतिमा आधारित भएर भन्दापनि कार्यक्रममा आधारित जस्तो मात्रै देखियो । नीतिहरु त्यसमा खुलेनन् भन्ने खालको चर्चा उहाँले नीति र कार्यक्रमको सन्दर्भमा गर्नुभएको थियो ।’

    संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठिक भएको बताए । उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मुल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend