आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउँछौं: प्रधानमन्त्री देउवा

बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउँछौं: प्रधानमन्त्री देउवा

 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कारको घटनामा कानुनमा रहेको हदम्याद हटाउने बताएका छन्। बुधबार कांग्रेसका नेतृहरूले स्थानीय तहको जनप्रतिनिधिमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेको, महंगी बढेको तथा सामाजिक अपराधका घटनाहरुमा न्याय निरुपण जटिल बनेको भन्दै गरेको ध्यानाकर्षणमा देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जानकारी दिइन्।

ध्यानाकर्षणपत्र बुझाउँदै संसदीय दल सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएकोमा ध्यानाकर्षण गराएकी थिइन्। उनले आउँदो प्रदेश र संसदीय निर्वाचनमा महिलाहरुको सम्मानजनक उपस्थिति पार्टीले गराउन अनुरोध गरेकी थिइन्।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend