आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना पक्राउ

वैदेशिक रोजगारीमा ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडाँैले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो ।

सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend