आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

काठमाडौंमा सुनिताले कटाइन् ६६ हजार मत, बालेनले कति पाए ?

काठमाडौंमा सुनिताले कटाइन् ६६ हजार मत, बालेनले कति पाए ?

 

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा जित सुनिश्चित भइसकेका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् । यस्तै नेकपा एमालेका तर्फबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले भने ६६ हजारभन्दा बढी मत ल्याएकी छिन् ।

मत गणना जारी भए पनि मेयरका उम्मेदवार बालेन र उपमेयरकी उम्मेदवार सुनिताको जित भने सुनिश्चित भइसकेको छ।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई सुनिताले निकै पछि छोडेकी छन्। रामेश्वरले जम्मा २३ हजार मात्र मत पाएका छन्।

नेपाली कांग्रेसका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र एमालेका उम्मेदवार केशव स्थापित बालेनभन्दा निकै पछि छन्। उनीहरु दुवैले ३७ हजार मत कटाएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend