आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफु तयार भएको बताएका छन् । उनले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका हुन् ।

नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।

‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेपालले जारी गरेको सन्देशमा भनिएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend