शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ: उपेन्द्र यादव

नागरिकता विधेयक तत्काल पारित गर्नुपर्छ: उपेन्द्र यादव

 

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बहुभाषिक नीति लागू गर्दै एक भन्दा बढी भाषालाई सरकारी कामकाज भाषा तोक्ने र विद्यालयहरुमा पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । आज (शनिबार) प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले जन्मसिद्ध नेपाली आमाबाबुबाट जन्मिएका छोराछोरी पनि गैर नागरिक रहेको भन्दै नागरिकता विधेयक तत्काल पारित गर्नुपर्ने बताए ।

‘राज्यले दायित्व पूरा नगर्दा नागरिकका सन्तान राष्ट्रियताविहीन अवस्थामा अधिकारबाट वञ्चित भएको अवस्था छ’ उनले भने, ‘गल्ती राज्यले गर्ने, त्यसको सजाय नागरिकले भोग्नुपर्ने । यसलाई तत्काल अन्त्य गर्नुपर्छ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend