logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मधेसमा निर्वाचन क्षेत्रहरुको पुननिर्धारण गर्न यादवको माग

    मधेसमा निर्वाचन क्षेत्रहरुको पुननिर्धारण गर्न यादवको माग

    3.8K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले मधेसमा निर्वाचन क्षेत्रहरुको पुनर्निधारण गर्नुपर्ने माग राखेका छन् । उनले निर्वाचन क्षेत्रहरु तय गरिएको बेलामा भन्दा अहिले जनघनत्व बढेकोले त्यसको पुनर्निर्धारण हुन आवश्यक रहेको बताए । उनले समानुपातिक समावेशिताको कुरालाई शासक वर्गले विशेष महत्व नदिएको बरु त्यसमा नै आफ्ना मान्छेहरु घुसाउने गरेको आरोप लगाए ।

    सांसद यादवले भने, ‘जुन बेला संसदीय निर्वाचन क्षेत्रहरु तय गरिएका थिए, त्यो बेला ४६ प्रतिशत जनसंख्या मधेसमा थियो । आज ५३ प्रतिशत पुगेको छ मधेसमा । अब ५३ प्रतिशत जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरुको पुनर्निर्धाराण हुनुपर्दछ । र अर्कोतर्फ समानुपातिक समावेशिताको कुरा थियो । कसका लागि हो ? सीमान्तकृत र वहिष्करणमा पारिएका समुदायका लागि हो । तर अहिले शासकवर्गलाई पहिला राख्ने र सीमान्तकृत र वशिष्कृतलाई अन्तिममा पार्ने काम भएको छ र यसले समानुपातिक सहभागिता हुनबाट वञ्चित पार्ने षड्यन्त्र गरिएको छ । यो सूचिलाई सच्याउनु पर्छ ।’

    सांसद यादवले सबै क्षेत्रमा आवश्यक मात्रामा बजेट छुट्याएर विकासलाई सन्तुलित ढंगले अघि बढाउनु पर्ने नीति लिन आवश्यक रहेको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend