logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अहिलेको प्रमुख आर्थिक समस्या हो तर महंगी नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन: डिला संग्रौला

    अहिलेको प्रमुख आर्थिक समस्या हो तर महंगी नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन: डिला संग्रौला

    5.7K
    Shares
    अहिलेको प्रमुख आर्थिक समस्या हो तर महंगी नियन्त्रण गर्ने नीति तथा कार्यक्रम आएन: डिला संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी छिन्। शनिबार संसदमा बोल्दै उनले सरकारले बढ्दो महंगी नियन्त्रण गर्ने कार्यक्रम नआएको बताएकी हुन्।

    उनले भनिन्, ‘महंगी अहिलेको प्रमुख आर्थिक समस्या हो तर यसलाई कसरी नियन्त्रण गर्ने र मुद्रास्फितिको कारणले अप्ठ्यारोमा परेका गरिब तथा वञ्चित समुदायलाई कसरी राहत दिने भन्ने बारेमा नीति तथा कार्यक्रममा उपायहरू सुझाइएको छैन । आशा छ बजेटमा यी कुराहरू समेटिने छन् ।’

    त्यस्तै उनले देशबाट युवा विदेशिने क्रम रोक्न नसकेको तर सरकारले नेपालमै रोजगारी सिर्जना गर्नेतर्फ ध्यान नदिएको बताइन्। नेपालमै रोजगारी सिर्जना गर्ने तर्फ सरकारको ध्यान जानु आवश्यक रहेको उनको भनाइ छ।

    स्वदेशी उत्पादनको उपभोग बढाउने नीति राम्रो भए पनि मुख्य कुरा यो कसरी गर्ने भन्ने रहेको उनले बताइन्।

    ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने नाममा आयातमा प्रतिबन्ध लगाई कम गुणस्तरका सामान महङ्गोमा उपभोग गर्न बाध्य पार्ने काम गरिनुहुँदैन’, उनले भनिन्, ‘स्वदेशी उत्पादनको उपभोग बढाउन गुणस्तरीय सामान प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्ने नीति तथा वातावरण तयार गरिनुपर्दछ।’

    भर्खरै देशभरि नै स्थानीय चुनाव सम्पन्न भएको र नेपाली कांग्रेस पहिलो पार्टी बनेको उल्लेख गर्दै उनले देशभरि उत्साहको वातावरण रहेको दाबी गरिन्।

    ‘अब स्थानीय निकायलाई साधन स्रोत सम्पन्न बनाएर केन्द्र सरकारको सहयोगी भूमिका हुन जरुरी छ’, उनले थपिन्, ‘खासगरी गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा घर दैलोमा पुर्याउन संघीय तथा प्रदेश सरकारले स्थानीय निकायलाई अगाडि बढाउनुपर्छ।’

    संसदमा उनले महिला हिंसाबारे पनि कुरा उठाइन्। देशमा बलात्कारजस्ता जघन्य अपराध जारी रहेको भन्दै उनले दोषीलाई सजाय दिन र बलात्कारमा हद म्यादको व्यवस्था परिवर्तन गर्न माग गरिन्।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend