शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गृहमन्त्री खाणले भने– सम्पर्कविहीन विमान खोज्न सबै स्रोतसाधन परिचालन गर्नु

गृहमन्त्री खाणले भने– सम्पर्कविहीन विमान खोज्न सबै स्रोतसाधन परिचालन गर्नु

काठमाडौं । सम्पर्कविहीन भएको तारा एयर विमानको खोजी कार्य तीव्र पार्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन् ।

गृहमन्त्री खाणले कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न निर्देशन दिएको गृहमन्त्रालयले जनाएको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा थियो । लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूलाई उद्धृत गर्दै आचार्यले बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरी आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरुलाई अलर्टमा रहन निर्देशन दिएको बताएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend