logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याउन १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन

    मेलम्ची खानेपानीको पाइपलाइन बिच्छ्याउन १ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन

    2.9K
    Shares

     

    काठमाडौं । सरकारले मेलम्ची खानेपानी वितरणका लागि पाइपलाइन बिच्छ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यसबारे जानकारी दिए ।

    दोस्रो चरणको काठमाण्डौ उपत्यका खानेपानी सुधार आयोजना अन्तर्गत चक्रपथबाहिरका थप क्षेत्रहरूमा पाइपलाइन बिच्छ्याउने काम सुरु गर्न एक अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

    काठमाण्डौ उपत्यकाका केही ठाउँमा पहिलो चरण अन्तर्गत मेलम्चीको पानी वितरण सुरु भइसकेको छ । यस्तै मेलम्ची जलाधारको भौगोलिक अध्ययन प्रतिवेदनको आधारमा मेलम्ची खानेपानी आयोजनाको भरपर्दो पानी पथानान्तरणको व्यवस्था मिलाइने सरकारले जनाएको छ ।

    याङ्ग्री र लार्के खोलाबाट मेलम्ची खानेपानी वितरण प्रणालीमा पानी आपूर्ति गर्ने योजना कार्यान्वयन गरिने पनि आउँदो आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend