logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने

    सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने

    3.8K
    Shares

    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने भएको छ । आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउने सदनमा जानकारी गराएका हुन् । अर्थमन्त्री शर्माले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई समायोजन गर्ने बताएका हुन् ।

    सरकारले दुईपटक गरी उच्चदरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । इन्धनमा गरिएको मूल्यवृद्धिको अहिले चौतर्फी विरोध भइरहेको छ । इन्धनमा लगाइएको कर १० प्रतिशत घटाउने सैद्धान्तिक निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend