मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सरकारले पपुलिष्ट बजेट ल्याएको छ, कुनैपनि कुरा पुरा हुदैन: लक्ष्मणलाल कर्ण

सरकारले पपुलिष्ट बजेट ल्याएको छ, कुनैपनि कुरा पुरा हुदैन: लक्ष्मणलाल कर्ण

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले निर्वाचनलाई केन्द्रीत गरेर पपुलिष्ट बजेट ल्याइएको बताए । बजेट कार्यान्वयन गर्न गाह्रो हुने र कुनैपनि कुरा पुरा नहुने उनले बताए ।

नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले बजेटले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताए । बजेटले उत्पादनमुखी अर्थतन्त्रतिर लगेको उनको भनाई छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले कृषि, उर्जा, पर्यटन र कनेक्टिभिटीलाई महत्वका साथ अगाडी बढाएको बताए । अन्तर्राष्ट्रिय व्यापार असन्तुलनलाई पाँच वर्षभित्र अन्त्य गर्न जोड दिएको पनि उनले उल्लेख गरे । बजेटले मुलुकको अर्थतन्त्रमा देखा परेको समस्यालाई सम्बोधन गर्ने उद्देश्य राखेको उहाँले स्पष्ट पारे । उनले बजेट सकारात्मक र कार्यान्वयनयोग्य भएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend