शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

विमान दुर्घटना अपडेट : १४ वटा शव संकलन

विमान दुर्घटना अपडेट : १४ वटा शव संकलन

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेका १४ जनाको शव फेला परेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिएका छन् । विमानमा सवार अन्यको भने खोजी जारी छ ।

विमानमा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए । ४ जना भारतीय नागरिक र १३ जना नेपाली थिए । जर्मन नागरिक २ जना रहेको तारा एयरले जानकारी दिएको छ ।

आइतबार बिहान ९ बजेर ५५ मा पोखराबाट उडेको जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सोमबार बिहान यार्सागुम्बा टिप्न जानेहरूले फोटो खिचेर पठाएपछि दुर्घटनास्थल पहिचान भएको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend