काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् राष्ट्रपति भण्डारीले दुर्घटनामा मृत्यु हुने चालक दलका सदस्य तथा यात्रुहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेकी हुन् ।
‘यही जेठ १५ गते तारा एयरको विमान दुर्घटनामा जीवन गुमाउने चालक दलका सदस्य तथा यात्रुहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । मृतकका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ उनले लेखेकी छन्, ‘सुरक्षित हवाई यात्रा सुनिश्चित गर्न संस्थागत एवं प्राविधिक सुधारका लागि सम्बद्ध निकायको ध्यान आकृष्ट गर्दछु ।’