logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माधव नेपाललाई बजेट कार्यान्वय फितलो हुन्छ की भन्ने चिन्ता

    माधव नेपाललाई बजेट कार्यान्वय फितलो हुन्छ की भन्ने चिन्ता

    2.8K
    Shares

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेट कार्यान्वयनको सन्दर्भमा चिन्ता रहेको बताएका छन् । सोमबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९÷८० को बजेटमा धेरै कुराहरु राम्रो भएको भएपनि कार्यान्वयनको पक्ष फितलो हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।

    उनले बजेटमा समावेश योजनालाई विद्यमान संरचनाले नधान्ने हो कि भन्ने चिन्ता रहेको उल्लेख गरे । अध्यक्ष नेपालले विगतदेखि नै कार्यान्वयनको समस्या हुने गरेको भन्दै लेखिएको कुरा कागजमा मात्रै सिमित नगरी व्यवहारमा लागु हुनुपर्नेमा जोड दिए ।

    ‘आम रुपमा राम्रो पक्ष के छ भन्दाखेरी विभिन्न कृषि पद्धार्थहरुको उत्पादनमा जोड दिने कुराहरु गरिएको छ । हामीकहाँ कस्तो छ भने कुराहरु धेरै राम्रा हुन्छन् । योजनाहरु बडो राम्रो देखिन्छ । तर कार्यान्वयनको पक्ष बडो फितलो छ । अब योजनाको पाटोमा कुरा गर्दाखेरी हाम्रो संरचनाले त्यसलाई साथ दिन्छ कि दिदैन ? संरचनाहरु चुस्त, दुरुस्त छन् कि छैनन् ? लेखिएको कुरा मात्रै कागजमा सिमित हुने हो कि व्यवहारमा लागु हुने हो ? भन्ने पक्षमा हाम्रो बढ्ता चिन्ता छ । उनले भने ।

    बैठकमा अध्यक्ष नेपालले बजेटको बुँदाहरु राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सांसदहरुलाई आग्रह पनि गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend