आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ

७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोज्ने एक जना पक्राउ

अर्घाखाँची । अर्घाखाँची जिल्लामा ७ वर्षीय बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७, भेडखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरिएको हो ।

उनले बालिकालाई फकाई चकलेट खाने बहानामा गोठमा लगेर जबरजस्ती करणी गर्न खोजेको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित महतमाथि थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend