logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको छ: मेटमणि चौधरी

    सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको छ: मेटमणि चौधरी

    3.2K
    Shares

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौंधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन् । सांसद चौंधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्वपूर्ण रहेको दावी समेत गरे ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताए । सांसद चौंधरीले भने, ‘बजेट सन्तोषजनक छ । नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु । बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ । र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु । त्यसैले पनि यो बजेट धेरै महत्वपूर्ण छ । त्यसैगरी बजेटले कृषि क्षेत्रको रुपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको छ । र, सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ । रोजगारी सृजना र गरिवी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्वका साथ उठाइएको छ । यतिमात्रै नभई मानव संशाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पूँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रशारण लाईनको विस्तार र ग्रामिण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ । बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ ।’

    सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पूँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend