काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा आजबाट सरकारले जेठ १५ गते प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि छलफल शुरु भएको छ । बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटको पहिलो दिनको छलफलमा बोल्दै राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले बजेटले कर्णाली प्रदेशलाई छोएर ल्याइएको भन्दै बजेट सतोषजनक रहेको बताए । उनले विपक्षी दलहरुले बजेट राम्रो हुँदाहुँदै पनि बिरोध गर्ने प्रक्रिया पूरा गरेको बताए । उनले विपक्षीले नेपाली काँग्रेसबाहेक अन्य दलहरु परमादेशी दल भएको दाबी गरे । उनले राजनीतिक दल नसच्चिए जनताले राजनीतिक दललाई अस्वीकार गर्ने परिणाम देखिसकेकोबताए ।