आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मेयर बालेनलाई प्रधानमनत्री देउवाले भने: तपाईले चमत्कार गर्नुभयो, म खुशी छु

मेयर बालेनलाई प्रधानमनत्री देउवाले भने: तपाईले चमत्कार गर्नुभयो, म खुशी छु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । प्रधानमनत्री देउवाले मेयर बालेनलाई सहयोग गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री देउवाले काठमाडौं महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको स्मरण गर्दै ५ वर्षको कार्यकालमा पुर्ण समर्थन रहने बताएका छन् ।

‘तपाई ले चमत्कार गर्नुभयो । म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा नि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ ।’ देउवाले भनेका छन् ।

मेयर बालने शाहले मतगणना चलिरहँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट नै पुगेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend