logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • सि डिभिजन लिग: सानेपाको सुखद अन्त्य

    सि डिभिजन लिग: सानेपाको सुखद अन्त्य

    6.4K
    Shares

     

    काठमाडौं । सानेपा क्लबले सहिद स्मारक सी डिभिजन लिगमा समाज कल्याण खेलकुद केन्द्रमाथि ४–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा पहिलो हाफ गोल रहित बराबरी खेलेको सानेपाले दोस्रो हाफमा गोलको वर्षा गरेको हो । पहिलो हाफमा केही रक्षात्मक जस्तो खेल देखाएको सानेपाले दोस्रो हाफमा भने आक्रामक खेल देखाउँदै जितबाट सि डिभिजन लिगको अन्त्य गरेको हो ।

    खेलको ६० औं मिनेटमा सुशान्त थापाले गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । डिफेन्डरले किलियर गर्न नसकेको बललाई सुशान्तले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । ७६औं मिनेटमा सानेपाले गोल गर्दै अग्रता दोब्बर बनाएको खेलमा बाँकी समयमा थप दुई गोल गर्दै ४–० को सहज जित निकाल्न सफल भएको हो । यस जितसँगै सानेपा चौथो स्थानमा उक्लिएको छ । १३ खेल खेल्दा सानेपाले २३ अंक जोड्यो । समाज कल्याण भने आठौं स्थानमा झरेको छ । यस अघि भएको खेलमा रानीबन स्पोटर््स क्लबले बिरगञ्ज युथ एकेडेमीलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै रानीबनले एक स्थान सुधार गर्दै सातौं स्थानमा उक्लिएको थियो ।

    १४ क्लबको सहभागिता रहेको सि डिभिजन लिगमा झापा फुटबल क्लबले बी डिभिजन लिगका लागि स्थान बनाइसकेको छ । अन्तिम चरणका खेल बाँकी रहेको अवस्थामा बीरगञ्ज युथ एकेडेमी र ओएसीस क्लब रेलिगेशनमा पर्ने पक्का भएको छ ।

    लिगमा शुक्रबार तीन खेल हुनेछन् । दशरथ रंगशालामा हुने खेलमा स्पोट्र्स एकेडेमी साँगाले आरसी ३२ सँग प्रतिस्पर्धा गर्दा एन्फा कम्पलेक्समा ओएसिस र प्लानिङ ब्वाईज युनाईट तथा बी डिभिजनमा बढुवा भएको झापाले स्वयम्भू क्लबबीच लिगको अन्तिम खेल हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend