शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो, सार्वजनिक यातायातको भाडादर पनि समायोजन हुने

पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो, सार्वजनिक यातायातको भाडादर पनि समायोजन हुने

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

बिहीबार एक सूचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाइएको निगमले जानकारी दिएको हो ।

सरकारको निर्देशनअनुसार मूल्य समायोजन गरिएको निगमका नायाव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ छ । यसअघि १८० रुपैयाँ प्रतिलिटर थियो । यस्तै डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । यसअघि १६३ रुपैयाँ प्रतिलिटर थियो । मट्टितेलको मूल्य पनि १० रूपैयाँ घटेको छ ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।

सरकारले हालै इन्धनमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर छुट दिने निर्णय गरेको थियो । भारतले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेको थियो भने ग्यास, डिजेल र मट्टितेलको मूल्य घटेको थियो ।

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडादर पनि समायोजन हुने छ । यातायात व्यवस्था विभागले इन्धनमा एकैपटक ५ रुपैया माथि वृद्धि हुँदा भाडादर स्वतः समायोजन हुने नीति बनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend