आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, सर्वनाम शिक्षालयका प्रिन्सिपल प्रहरी नियन्त्रणमा

होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, सर्वनाम शिक्षालयका प्रिन्सिपल प्रहरी नियन्त्रणमा

 

काठमाडौं । काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका छन् । होस्टेल वार्डेनले छात्राहरुलाई यौन दुव्र्यवहार गरेको भन्दै अभिभावक आन्दोलित भएका थिए । काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका होस्टल वार्डेनले छात्राहरुलाई यौन दुर्वव्यहार गरेपछि अभिभावकहरुले आन्दोलन गरेका थिए ।

शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरुले आन्दोलन गरेका थिए ।

घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी ढुण्डीराज न्यौपानेले आरोपित होस्टल वार्डेन फरार रहेको बताए । प्रहरीले सर्वनाम शिक्षालयका प्रिन्सिपल शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको न्यौपानेले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend