आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन पक्राउ

छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन पक्राउ

 

काठमाडौं । राजधानीको जोरपाटीमा छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा वार्डेन पक्राउ परेका छन् । जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेएन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

शिक्षालयका होस्टल वार्डेनले होस्टलमा बसेका छात्राहरुलाई दुर्वव्यहार गरेको आरोप लागेपछि अभिभावकहरुले आन्दोलन गरेका थिए ।

घटनाबारे जानकारी लिन खोज्दा प्रिन्सिपल दुर्गानाथ शिवाकोटीले दुर्व्यवहार गरेको भन्दै अभिभावक आक्रोशित भएका छन् ।

१५, १२ र १३ वर्षका छात्राले आफूमाथि बस्नेतबाट यौन दुर्व्यवहार भएको अभिभावकलाई सुनाएपछि स्कुलमा खबर गरेका छन् । अभिभावकले प्रधानाध्यापकलाई यसबारे जानकारी गराएपछि विद्यालयले प्रहरीमा खबर गरेको थियो । लगत्तै प्रहरीले उनलाई शनिबार रामेछापबाट पक्राउ गरेको हो । रामछाप घर भएका उनलाई काठमाडौं ल्याइँदै गरेको प्रहरी बृत्त बौद्धले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend