आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ, एक जना फरार

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ, एक जना फरार

 

काठमाडौं । रुपन्देहीमा १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा शुद्धोधन गाउँपालिका–१ बस्ने १९ वर्षीय सोनु मल्लाह, २१ वर्षीय टिकाराम दंगोरिया थारु र शुद्धोधन–२ बस्ने २१ वर्षीय मनोज थारु रहेका छन् । प्रहरीले शुक्रबार दिउँसो उनीहरूलाई पक्राउ गरेको हो ।

बुटवल उपमहानगरपालिका–१६, बैठौलीस्थित दनाव नदीको किनारमा सोनु, टिकाराम, मनोज र शुद्धोधन गाउँपालिका–१, शीसै बस्ने प्रेम थारुले ती बालिकालाई जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको जनाइएको छ ।

फरार रहेका प्रेम थारुको खोजी जारी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend