logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पार्टीको निर्णयलगतै मन्त्री आले र खतिवडा पुगे पार्टी कार्यालय

    पार्टीको निर्णयलगतै मन्त्री आले र खतिवडा पुगे पार्टी कार्यालय

    3.5K
    Shares
    पार्टीको निर्णयलगतै मन्त्री आले र खतिवडा पुगे पार्टी कार्यालय

     

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् । पार्टीको सचिवालय बैठकले हाल पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको छ ।

    एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन ।

    नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि भोलि नै निर्णय कार्यान्वयन गर्ने तयारी छ ।

    पार्टीको निर्णय कार्यान्वयन हुँदा चार मन्त्री र एक राज्यमन्त्रीको पद जानेछ । स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ र सहरी विकासमन्त्री रामकुमारी झाँक्री मन्त्रीबाट हट्नेछन् भने स्वास्थ्य राज्यमन्त्री भवानी खापुङको पनि राज्यमन्त्री पद रिक्त हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend