मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने

एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीहरुको सपथ ग्रहण भोलि हुने

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सिफारिस नयाँ मन्त्रीहरुलाई सोमबार सपथ ग्रहण गराइने भएको छ । एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको थियो ।

अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ नाम बुझाइसकेका छन् ।

समाजवादीले सहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमा जीवनराम श्रेष्ठ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा शेरबहादुर कुँवर, स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई जिम्मेवारी दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीहरुले सपथ लिनेछन् । त्यसपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई नियुक्त गर्नेछन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend