काठमाडौं । काठमाडौंको टेकुको कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट भएको हो ।
काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर– ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् ।